-नारद कोहार
कपिलवस्तु / मायादेवी गाँउपालिकाको नयां स्कार्पियो गाडीमा गए राती आगजनी भएको छ । राती करीब १०:३० बजेको समयमा अपरिचित व्यक्तिबाट गाडीमा आगजनी गरी गाडी पूर्ण रुपमा क्षति गरिएको छ ।
गाउंपालिकाको कामकाज सकेर सदरमुकाम तौलिहवा स्थित आफ्नो भाडाको निवासमा फर्की निवास अगाडी पार्किगमा राखिएको लु १ झ ४०० नंम्वरको स्कार्पियो गाडी आगजनी भएको गाउंपालिका अध्यक्ष बजरङ्गी चौधरीले जनाए ।
घटनाको जानकारी लिन राती नै प्रदेश सभा सदस्य सहसराम यादव गाँउपालिका प्रमुख चौधरीको निवासमा पुगेका थिए । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

















