काठमाडौं / जनताद्वारा चुनिएका जनप्रतिनिधिहरू विदेश घुमफिरमै व्यस्त देखिएका छन् । जनताको करबाट संकलित राजश्व नगर प्रमुखहरुले यसरी लुटिरहेका छन् ।
सबैभन्दा बढी वैदेशिक भ्रमणमा जानेमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल छन् । विदेश धेरै घुम्ने गरेको भन्दै स्थानीय तहका जनप्रतिनिधि बदनाम हुँदै गएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालका अनुसार चालू आर्थिक वर्ष २०७५/०७६ मा १६४ जना पदाधिकारीले विभिन्न देशको १०२ पटक वैदेशिक भ्रमण गरेका छन् ।
वैदेशिक भ्रमणमा स्थानीय तहका पदाधिकारी जान थालेपछि मन्त्रालयले कडाइ गरेको छ । मन्त्रालयको स्वीकृत बेगर वैदेशिक भ्रमणमा जान नपाइने व्यवस्था गरेको छ ।
पदाधिकारीहरुले चीनमा १८ पटक, अमेरिकामा १५ पटक जापान र दक्षिण कोरियामा सात पटक भ्रमण गरेका छन् । मन्त्रालयले स्थानीय तहका पदाधिकारीको वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन ‘विदेश भ्रमणसम्बन्धी निर्देशिका २०७५’ र स्थानीय तहका कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका २०७५ जारी गरेको छ ।
प्रवक्ता बरालले निर्देशिकानुसार आयोजकले खर्च नबेहोर्ने तर स्थानीय तहका लागि अत्यावश्यक प्राविधिक, वस्तुगत सहायता उपलब्ध गराउने खालका कार्यक्रममा बढीमा दुई जनासम्मको टोली बनाएर भ्रमणका लागि मात्र सहमति दिने गरिएको छ ।
स्थानीय तहको निर्वाचनपछि जनताले घरदैलोमै सेवासुविधा पाउने अपेक्षा गरिएपछि जनप्रतिनिधिहरू घुमफिरमै व्यस्त देखिएका छन् । गरेका थिए तर सेवा सुविधा त कता हो कता जनताको करबाट संकलित राजश्व समेत नगर प्रमुखहरुले यसरी लुटिरहेका छन् ।


















