किवी फलको फाइदा

537

एजेन्सी – किवीबारे धेरै मानिसहरुलाई यसले स्वास्थ्यलाई पुर्‍याउने फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । निकै स्वादिलो फल किवी प्रायः सबैले रुचाउँछन् । यस फलका फाइदाहरू यी हुन्–

शरीरको घाउँलाई निको गर्छ
किवीमा भिटामिन सी भरपूर मात्रामा पाइने हुँदा यसले एन्टी–अक्सिडेन्टको काम गर्छ । मानव शरीरलाई विभिन्न इन्फेक्सन हुनबाट जोगाउँछ । शरीरमा कुनै घाउ भएको छ भने यसलाई बढ्न दिँदैन र चाडो निको हुन्छ ।

कोलेस्ट्रोल कन्ट्रोल कम गर्छ
यसले कोलेस्ट्रोल नियन्त्रणमा मुख्य भूमिका निर्वाह गरेको हुन्छ । नियमित सेवन गरेको खण्डमा शरीरमा कोलेस्ट्रोल बढ्न पाउँदैन । यसले मुटुसँग सम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ ।

जोर्नी दुख्ने समस्या निको गर्छ
किवीमा यस्तो गुण हुन्छ जसले अर्थराइटिस (बाथरोग) भएका बिमारीहरुलाई सहज बनाउँछ । जोर्नी दुख्ने समस्या भएका व्यक्तिहरुले किवी खानु निकै फाइदाजनक मानिन्छ । यसले शरीर भित्र भएका अन्य समस्याहरुबाट हुने शारीरिक पीडा कम गराउँछ ।

कब्जियत हुन दिँदैन
किवीमा फाइबरको मात्रा निकै धेरै हुन्छ । किवीको नियमित सेवनका कारण कब्जियत समस्या समाधान हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here