सेमीफाइनल समिकरण पुरा

192

ललितपुर / तुल्सीलाल अमात्यस्मृति पाँचौं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसीपमा बिहीबार छैटौं र सातौं चरणका खेलहरु सम्पन्न भएपश्चात सेमीफाइनल समिकरण पुरा भएको छ । च्याम्पियनसीपमा थापाथलि चेस पार्क र गोल्डेनगेट कलेजले तथा गजुरमुखी चेस क्लब इलाम र लुम्बिनी इभेन्ट म्यानेजमेन्ट रुकुम सेमीफाइनल प्रवेश गरेको छ ।

लिगमा १२ अंकसहित प्रथम भएको थापाथलिले सातौं चरणमा दोलखा जिल्ला बुद्धिचाल संघलाई ४—० ले हराएको छ भने छैटौं खेलमा गजुरमुखीसित २—२ को बराबरी खेलेका थिए । त्यसैगरी समान १२ अंकको गोल्डनगेटले सातौंमा रौतहट जिल्ला बुद्धिचाल संघलाई र छैटौंमा मखन चेस क्लबलाई समान ३.५ — ०.५ ले माथ गरेका थिए ।

त्यसैगरी गजुरमुखीले सातौंमा भक्तपुर जिल्ला बुद्धिचाल संघलाई २.५—१.५ पराजित गरे भने छैटौंमा थापाथलिसित बराबरी खेलका थिए । सेमीफाइनल प्रवेश गर्ने चौथो टोलि लुम्बिनी इभेन्ट म्यानेजमेन्ट भाग्यमानी ठहरिए । सातौंमा मखन चेस क्लबलाई र छैटौंमा शहिद शुक्र क्लब बांगेमुढालाई ३—१ ले माथ गरेका थिए ।

स्वीस लिग ७ चरणको प्रतियोगितामा बोर्ड नं.१ मा गोल्डेनगेटका सुरवीर लामा, बोर्ड नं. २ मा गजुरमुखीका फिडेमास्टर मनिष हमाल, बोर्ड नं. ३ मा थापाथलिका क्षितिज भण्डारी, बोर्ड नं ४ मा गोल्डेनगेटकै मदनकृष्ण कायस्थ र बोर्ड नं. ५ मा शहिद शुक्रका प्रेमकृष्ण महर्जन उत्कृष्ठ ठहरिए । उनीहरुले जनही नगद ५ हजार प्राप्त गर्ने छन् ।

च्यासलस्थित तुल्सीलालस्मृति प्रतिष्ठानमा संचालित खेलमा भोली शुक्रबार बिहान ११ः०० बजे सेमीफाइनलका खेलहरु हुनेछ । जसमा थापाथलि र लुम्बिनी इभेन्ट म्यानेजमेन्ट तथा गोल्डेनगेटबिरुद्ध गजुरमुखीले फाइनल प्रवेशका लागि कडा एवं रोचक नकआउट प्रतिस्पर्धा गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here