काठमाडौं / सर्वोच्च अदालतले एनसेलको कर विवादमा भदौ ५ गते निर्णय सुनाउने भएको छ ।
ठूला करदाता कार्यालयले गत वैशाख ३ गते एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ पूँजीगत लाभकर तिर्न बाँकी रहेको भनी ७ दिनभित्र तिर्न एनसेललाई पत्राचार गरेको थियो । त्यसविरुद्ध एनसेल रीट लिएर सर्वोच्च गएको थियो ।
एनसेलको कर विवादसम्बन्धी रीट सर्वोच्चमा न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्मा रहेको बृहत पूर्ण इजलासमा छ ।














![सधै रमाईलो हुने कार्यक्रम ईन्द्रेणीमा, चल्यो रुवाबासी [भिडियो]](http://swaviman.com/wp-content/uploads/2019/06/Untitled-3-copy-2-218x150.jpg)



