काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ३२ वटा विभागको जिम्मेवारी टुंगो लगाएको छ। बिहीबार बालुवाटारमा बसेको सचिवालय बैठकले जिम्मेवारी टुंगो लगाएको हो।
सचिवालय सदस्य वामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी दिइएको छ भने उपाध्यक्षका लागि स्थायी समिति बैठकमा प्रस्ताव गर्ने निर्णय भएको छ। प्रचार विभागको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन्।






















