सैन्य कारबाहीमा तालिबान कमाण्डर मारिए

214

एजेन्सी / अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा भएको सैन्य कारबाहीमा परि तालिबानका प्रमुख कमाण्डर मवलावी क्युद्रातुल्लाहको मारिएका छन् । शुक्रबार सेनाले प्रकाशन गरेको एक विज्ञप्तिमा जानकारी गराइएको छ ।

तालिबानको कमाण्डर क्युदरातुल्लाह लोगार प्रान्तमा भएको कारबाहीमा मारिएका हुन् । लोगार प्रान्तको प्रान्तीय राजधानी पुल ए अलामको बाहिरी इलाकामा रहेको पादखाव जिल्लामा अफगान विशेषबलले गरेको एक कारबाहीको क्रममा ती कमाण्डर मारिएका जारी विज्ञप्तिमा जनाइएको छ । प्रायः अशान्त भईरहने लोगार प्रान्तमा क्युद्रातुल्लाह आतङ्ककारी आक्रमणमा सलग्न रहदै आएका जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here