प्रिमियर लिगमा म्यानचेस्टर सिटी र टोटेनह्यामबीच बराबरी

101

एजेन्सी / इङ्लीस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र टोटनह्यामबीच भएको खेल बराबरीमा टुंगिएको छ । गएराती सम्पन्न खेलमा सिटीले टोटनह्यामसँग २–२ को बराबरी खेलेको हो । घरेलु मैदान सिटी अफ म्यानचेस्टरमा सुरुआती अग्रता लिएको सिटीले सम्हालिन नसक्दा अंक बाँडेको छ ।

सिटीका लागि रहिम स्ट्रलिङ र सर्जियो अग्युरोले गोल गर्दा टोटनह्यामका इरिक लमेला र लुकास मौराले गोल गरे । खेलको २० औं मिनेटमा रहिमले सिटीलाई दिलाएको अग्रता २३ औं मिनेटमा इरिकले बराबरी पारेका थिए । ३५ औं मिनेटमा सर्जियोले पुनः टोलीलाई दिलाएको अग्रता ५६ औं मिनेटमा लुकासले बराबरी पारेका थिए । त्यसपछिको बाँकी समय दुबै टोलीले गोल नगरेपछि खेल बराबरीमा सकिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here