साझा न्युज साप्ताहिक १० औं वर्षमा प्रवेश

484

-श्याम क्षेत्री
तौलिहवा / प्रदेश नम्बर ५ स्थित कपिलबस्तुको सदरमुकाम तौलिहवाबाट प्रकाशित भैरहेको साझा न्युज साप्ताहिक पत्रिका १० औं वर्षमा प्रबेश गरेको छ।

प्रदेश ५ का मुख्यमन्त्री शँकर पोख्रेलले सो पत्रिकालाइ शुभकामना दिनु भएको छ। शुभकामना पत्रमा-स्थनीयस्तरबाट अखबार निरन्तर प्रकाशन गर्नु निकै चुनौतीपूर्ण काम हो ।

चुनौतीको सामना गर्दै निरन्तर प्रकाशन हुन सफल साझा न्यूज साप्ताहिकलाई आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दछु । यतिखेर मुलुक नयाँ नेपाल निर्माणको दिशामा अघि बढेको छ। संविधान संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएपछि विकास र समृद्धिको अभियान शुरु भएको छ।

तीनै तहमा जननिर्वाचित प्रतिनिधिहरुले तहगत सरकारको नेतृत्व सम्हालेदेखि संघीयताको राजनीतिक आधारशीला आधारभूत रुपमा खडा हुँदै कानुनी , प्रशासनिक र संरचनागत हिसाबले संघीयताको व्यवहारमा कार्यान्वयन गर्दै नागरिकका आकांक्षा पूरा गर्न दृढसंकल्पित छन।

हामी प्रदेश समृद्धिका लागि समृद्व प्रदेश ,खुसी जनताको लक्ष्य वोकेर अघि वढिरहेको छौ । संघीय सरकारले सुखी नेपाली समृद्ध नेपालको लक्ष्य अघि सारेको छ । हामी प्रदेशको विकास र समृद्धिको वाटोवाट उक्त लक्ष्य पूरा गर्न सार्थक योग्यदान गर्न चाहन्छौ ।

समृद्धिको यो अभियानमा सञ्चार क्षेत्रको सार्थक सहयोगको आवश्कता छ।सहि सुचना प्रवाह गरी नागरिकलाई सुसूचित गर्दै यो अभियानमा सहभागी हुने अपेक्षा गरेका छौ।भन्दै आगामी दिनको यात्रा अझ राम्रो बनोस भनिएको छ।

साझा न्युजका प्रकाशकरसम्पादक तथा कपिलबस्तु प्रेस युनियनका अध्यक्ष गोपाल भण्डारीले १० औं बर्षमा प्रबेश गरेकोमा खुशी ब्यक्त गर्दै प्रदेश कै हित हुने गरी समाजमा लुकेका हरेक पाटोलाई सबै सामु पत्रिका मार्फत ल्याई रहेको जनाउँदै आगामी दिनमा जनहितका लागि अझै ससक्त भएर लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

सोहि पत्रिकाका कार्यकारी सम्पादक नारद कोहारले कपिलबस्तु भारतीय सिमना सँग जोडिएको जिल्ला भएकोले पत्रकारितामा निकै चुनौती हुने भएता पनि समाज, बिकास निर्माणका लागि निरन्तर लागि पर्ने जनाउँदै बुद्धले २९ बर्ष बिताएको यो प्राचिन कपिलबस्तु जिल्लालाई नेपालमा मात्र नभइ बिश्व सामु चिनाउन आफ्नो क्षेत्रबाट सधै लागि पर्ने जनाउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here