गर्मीमा छालाको सुरक्षा यसरी गर्नुहोस्

173

गर्मीमा छालामा बढी चिल्लोपना हुने गर्छ । यसबाट बच्न एसपिएफ अर्थात् सनप्रोटेक्सन फ्याक्टरको प्रयोग गनुपर्छ । यसअन्तर्गत सनस्क्रिम, मोस्चराइजर र जेलको प्रयोग पर्छन् ।

अनुहारमा चाया–पोतो भएका मानिसले एसपिएफ ८० सम्मको सनस्क्रिम लगाउनुपर्छ । स्वस्थ छाला भएकाले एसपिएफ ३० को क्रिम प्रयोग गर्न सक्छन् । सनस्क्रिमको छनोट गर्न नजान्दा कतिपयमा छालामा समस्या बढेको पाइन्छ । तसर्थ, आफ्नो छालाको किसिमअनुसारका क्रिम प्र्रयोग गर्न उचित हुन्छ ।

घरबाहिर निस्कने मानिसले चार–पाँच घन्टाको फरकमा मोस्चराइजरको प्रयोग गरिराख्नुपर्छ । जसले गर्दा बाह्य वातावरणबाट पर्न सक्ने असरबाट बच्न सकिन्छ ।

मोस्चराइजर प्रयोग हलुका किसिमको गर्नुपर्छ । धेरै प्रयोग गर्दा छालामा तैलीय पदार्थ बढ्ने भएकाले डन्डिफोरलगायत विभिन्न समस्या निम्तिन सक्छन् ।

बिहान–बेलुका अनुहार सफा गर्न आवश्यक छ । जसले गर्दा धुवाँ–धुलाले असर गर्न पाउँदैन ।

पौडी खेल्दा छालाको विशेष ध्यान दिनुपर्छ । स्विमिङ जानुअघि छालामा क्रिम लगाउनुपर्छ । जसले विभिन्न संक्रमणबाट बचाउँछ ।

कपालको उचित स्याहार गर्नुपर्छ । पसिना, धुलो–धुवाँका कारण यसमा पनि समस्या देखिने भएकाले रसायनमुक्त स्याम्पुको प्रयोग गरेर कपाल नियमित सफा गर्नुपर्छ ।

प्रशस्त मात्रामा पानी पिउनुपर्छ । फलफूल र पानीजन्य खाद्यपदार्थ सेवन गर्नुपर्छ । जसले छाला सुक्खा हुन दिँदैन । त्यस्तै, घाममा हिँड्दा चस्मा, मास्क तथा क्याप लगाउनु उत्तम हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here