प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जनताले जानकारी पाउनुपर्छ : डा. दिक्षित

360

काठमाडौं /  नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको बारेमा नेपाली जनताले जानकारी पाउनुपर्ने धारणा राखे ।

उनले भने,‘केपी ओली दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री हो । उहाँ त सर्वेसर्वा हो । उहाँ विरामी भएर सिंगापुर जानुभयो । फेरि जाँदै हुनुहुन्छ । उहाँको स्वास्थ्यको बारेमा जनताले थाहा पाउनुपर्छ । उहाँ त पब्लिक टप मष्ट फिगर हो ।’

दिक्षितले ओलीजी नभए मुलुकमा अस्थिरता उत्पन्न हुनेपनि जनाए । उनले भने,‘उहाँको स्वास्थ्यको बारेमा विज्ञप्ती निकाल्नुपर्दछ । जनताले जानकारी त पाउनुप¥यो नि । हुन त उहाँ औषधीको मात्रा मिलाउन फेरि जान लाग्नुभएको भन्ने कुरा आएको छ । अहिले ईन्टरनेटको जमाना छ । भाईबर छ । यसबारेमा जानकारी चाहियो । उहाँको स्वास्थ्य अवस्थाबारे विज्ञप्ती चाहियो । यो त हाम्रो हकको कुरा हो । उहाँको पनि सुचना दिनु दायित्व हो । उहाँको अगाडिको भविष्य के हो ? यसबारेमा जानकारी नदिनु उहाको टिमको गल्ती हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here