अछाममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

96

अछाम– अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन् ।

मृतयु हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियार सोही ठाउँका काले परियार र बैतडी घर भइ हाल अछाममा सवारी चालकको काम गर्दै आएका लाल बोहरा भएको प्रहरीले जनाएको छ।

मुजाबगरबाट जयगढ आउँदै गरेको से १ ज ९९५ नम्बरको जिप जयगढ माझेठाना सडक खण्डअन्तर्गत सुकिबाग डिल्ली बजार नजिक बुधबार साँझ सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका सवारी चालक जँङिर चौधरी, कैलालीको धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी रहेका छन्।

उनीहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here