प्रधानमन्त्री ओली सिंगापुर गएपछि प्रचण्डको राजनीतिक भेटघाट तीव्र

83

काठमाडौं / सत्तासीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट तीव्र बनाएका छन् ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारको लागि सिंगापुर गएपछि अर्का अध्यक्ष नेकपा अध्यक्ष प्रचण्डले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग एक घण्टासम्म छलफल गरेका छन् ।

बिहान ९ बजे शितलनिवास प्रवेश गरेका प्रचण्ड १० बजेमात्र बाहिरिएका थिए । प्रचण्डले कार्यवाहक प्रधानमन्त्री एवम् पार्टीका अर्का प्रभावशाली नेता ईश्वर पोखरेलसँग पनि छलफल गरेको स्रोतले जनाएको छ ।

राष्ट्रपति भण्डारी र कार्यवाहक प्रधानमन्त्री पोखरेलसँग के विषयमा कुराकानी भयो भन्नेबारे भने खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here