गलत सूचना दिने २१० युट्युब च्यानल बन्द

541

सनफ्रान्सिस्को / युट्युबले गलत सूचना प्रवाह गरेको भन्दै चीनमा २१० युट्युब च्यानलहरु बन्द गरेको जनाएको छ। हङकङमा भइरहेको विरोध प्रदर्शनको बारेमा गलत सूचना दिन युट्युब प्रयोग गरेको भन्दै यो हप्ता ती च्यानलहरु बन्द गरेको जानकारी बिहीवार ब्लग पोष्टमार्फत दिएको छ।

ट्वीटर र फेसबुकले त्यस्ता गलत सूचना दिने सयौँ अकाउन्टहरु बन्द गरेको केही दिनपछि युट्युबले यस्तो कदम चालेको हो।  गुगल कम्पनीको स्वमित्व रहेको युट्युबले ब्लगमा भनेको छ, ‘यस्ता च्यानलहरुले हङकङमा भइरहेको विरोध प्रदर्शनको बारेमा गलत सूचना दिने भिडियोहरु राखेका थिए।’

चीनमा खोलिएका यस्ता अकाउन्टहरुमा प्रदर्शनकारीलाई आतंककारीको संज्ञा दिइएको थियो। हङकङको विरोध प्रदर्शनबारे गलत सूचना दिएकोमा च्यानल बन्द गरिएको यो पहिलो पटक हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here