नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बस्यो

298

काठमाडौं /  नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओली भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद बैठकमा सहभागी भएका हुन्।

१० दिन सिंगापुरमा उपचार गराएर नेपाल फर्केको १० दिनमै फेरि सिंगापुर गएका प्रधानमन्त्री ओली अझै कति समय उता रहने हुन् भन्ने यकिन छैन। त्यसैले प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको थियो ।

प्रधानमन्त्री ओलीले बैठकपछि ट्विट गर्दै टेलिप्रिजेन्स मार्फत् मन्त्रिपरिषद बैठक बस्न सकेको उल्लेख गरेका छन्। उनले प्रविधि र प्राविधिकलाईसमेत धन्यवाद दिएका छन्। उनले केही तस्वीरसमेत राखेर लेखेका छन् ‘ सिंगापुरदेखि काठमाडौं :पहिलो पटक टेलिकन्फ्रेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्दै ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here