७० वर्षमाथिका नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने

316

काठमाडौं / संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका नेपाली नागरिकलाई आन्तरिक उडानमा भाडा छुट दिने घोषणा गरेका छन्।

आगामी एक वर्षका लागि कार्ययोजना सार्वजनिक गर्दै मन्त्री भट्टराईले जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिइने घोषणा गरेका हुन्। ‘देशभित्र एक ठाउँबाट अर्को ठाउँमा जानका लागि ७० वर्ष माथिका नागरिकलाई भाडामा सहुलियत दिन हामिले विभिन्न मोडालिटीमा छलफल गरेका छौ।

यसबारेमा अझै तयारी र छलफलका लागि सेवाप्रदायकसँग पनि छलफल गर्छौु उनले भनेु यसका सेवाप्रदायकसँग कसरी छुट दिने भनेर टुंगो लगाएपछि यो लागू हुन्छ।’ एक वर्षको कार्ययोजनामा मन्त्री भट्टराईले विमानस्थलको सुधारदेखि सांस्कृतिक सम्पदाको संरक्षणसम्मका योजना अघि बढाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here