अमेरिकामा गोलीकाण्डमा एक महिनामा ५१ मारिए

345

एजेन्सी / अमरिकाको टेक्सस राज्यको पश्चिमी भूभाग मिडल्यान्ड र ओडेस्सामा भएका गोली प्रहारमा पाँचजनाले ज्यान गुमाएका छन्। शनिबार भएका दुई घटनामा २१ जना घाइते भएका छन् । कारमा बसेर भीडभाडयुक्त स्थानाम गोली चलाउने व्यक्तिको पनि प्रहरीको प्रतिकारमा मृत्यु भएको गार्डियनले जनाएको छ। टेक्ससमा यो महिना भएको यो दोस्रो गोलीकाण्ड हो। अगस्ट ३ मा एल पासोस्थित वालमार्टमा भएको गोलीप्रहारमा २२ जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए।

याे घटनासहित अगस्ट महिनामा गोली प्रहारबाट मारिनेको संख्या ५१ पुगेको छ। न्यु योर्क टाइम्सका अनुसार अमेरिकामा यो वर्ष भएको यो ३८ औँ गोलीकाण्ड हो। शनिबारको सहित यी घटनामा ५१ जनाले ज्यान गुमाएका छन्। टेक्ससका गभर्नर ग्रेग एब्बोटले घटनालाई कायर र अमानवीय भनेका छन्।

मिडल्यान्ड र ओडेस्साको बीचमा हतियारधारीलाई रोक्न प्रयास गरेका प्रहरी अधिकारी पहिलो टार्गेटमा परेका थिए। प्रहरीलाई गोली हानेपछि हतियारधारीले अरु गाडीका चालकहरू र बटुवाहरूलाई गोली दागेको बीबीसीले लेखेको छ। प्रहरीको अवरोधपछि ती हतियारधारीले आफ्नो कार छोडेर अर्को ट्रकको सहारा लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here