काठमाडौं / सामाजिक सञ्जालहरुमा एनसेल बहिष्कार अभियान चलेको छ । ६२ अरब कर छली गरेको एनसेलमाथि एनसेलका सिमकार्डहरु प्रयोग नगर्न एनसेल बहिष्कारको लहर चलेको छ ।
सर्वसाधारणले सामाजिक सञ्जालहरुमा कर नतिरेर राष्ट्रघाती कार्य गरेको भन्दै सिमकार्ड नराख्न आव्हान गरेका हुन् ।
बुद्धिजीवी, कलाकार तथा नागरिक समाजले समेत एनसेल बहिष्कार गर्नुपर्ने भनेका छन् । नायिका रेखा थापाले एनसेललाई राष्ट्रघाती भन्दै बहिष्कार गर्नुपर्ने बताइन् । कसैलाई पनि एनसेल प्रयोग नगर्न आव्हान गरेकी छिन् । उनले प्राइम टाइम्स टेलिभिजनमा भनिन्, ‘कर छल्ने एनसेल होस् या कुनै पनि संस्थालाई बहिष्कार गर्नुपर्छ ।’
सर्वोच्च अदालतको फैसला बमोजिम एनसेलले ३९ अरब ६ करोड तिर्नुनपर्ने भएको छ । अदालतको फैसलाका बाबजुद सर्वसाधारणले एनसेल कर छलीमा रहेको भन्दै प्रयोग नगर्न अभियान चलाएका हुन् ।
नेत्रविक्रम चन्द विप्लवले एनसेललाई चेतावनी दिएका छन् । उनले कर छल्ने कम्पनिमाथि कारबाहीको धम्की दिएको छ । एनसेलमाथि विप्लव समूहले भौतिक क्षति पुग्ने गरी आक्रमण समेत गर्दै आएको छ ।


















