खानेपानी मन्त्री बिना मगरमाथि छानबिन सुरु

130

काठमाडौं /  खानेपानी मन्त्री बिना मगरमाथि मेलम्ची खानेपानी आयोजनाका सन्दर्भमा अनेक आरोप लागिरहेका बेला उनीमाथि छानबिन सुरु गरिएको छ ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना र काठमाडौं–तराई द्रूतमार्गको निर्माण प्रगति तथा खर्च प्रक्रियाबारे अध्ययन थालेको हो ।

मन्त्री बिना मगरले मागेको कमिशन नदिएपछि मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सीएमसी भागेको आरोप लागेको अवस्थामा आयोजनामाथि छानबिन भइरहेको छ । लेखा समितिको साउन ५ को बैठकले यी दुई आयोजनाको कागजपत्र झिकाउने निर्णय गरेको थियो ।

समितिको निर्देशनअनुसार खानेपानी मन्त्रालयले मेलम्चीको विवरण पेश गरेको छ । समिति सचिव रोजनाथ पाण्डेका अनुसार मेलम्चीको सञ्चालक समितिसँग साताभित्रै सोधपुछ गर्ने तयारी छ ।

सेनाले निर्माण गरिरहेको द्रुतमार्गको प्रगति र खर्चको विवरण पनि समितिमा अध्ययन भइरहेको छ । रक्षा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विवरण उपलब्ध गराएको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

मेलम्चीपछि द्रूतमार्गका विषयमा सरोकारवालासँग सोधपुछ हुने पाण्डेले जानकारी दिए । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)एकातिर, निर्माण भइरहेको स्थान अर्को्तिर भन्दै सांसदले प्रश्न उठाएपछि समितिले अध्ययन अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here