देवदास स्मृति पत्रकारिता पुरस्कारबाट दुई जना पत्रकार पुरस्कृत

373

काठमाडौं / नेपाल पत्रकार महासंघ दोलखा शाखाका संस्थापक अध्यक्ष स्व। देवदास श्रेष्ठको नाममा स्थापना गरिएको देवदास स्मृति पत्रकारिता पुरस्कार बाट पत्रकार रमेश खतिवडा र निता राउत पुरस्कृत भएका हुन् ।

नेपाल पत्रकार महासंघ दोलखा शाखाले आज देवदास स्मृति सभाको अवसरमा चरिकोटमा एक कार्यक्रम गरी नगद दश दश हजार सहित पुरस्कृत गरेको हो । सम्मानित हुुनेमा नागरीक दैनिकमा कार्यरत तथा प्रेश यूनियन बागमती क्षेत्र विशेष संयोजक रमेश खतिवडा देवदास स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट र सौर्य दैनिकमा कार्यरत पत्रकार निता राउत २०७५ बाट सम्मानित भएका हुन् ।

नेपाल पत्रकार महासंघ दोलखा शाखाका संस्थापक अध्यक्ष रहेका देवदस श्रेष्ठको २०६२ साल भाद्र १६ गतेका दिन हृदयघात भई निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here