काठमाडौं– सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जाँदैछन्।
उनीहरु आज दिउँसो १ बजे सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। दुबै नेता प्रधानमन्त्रीसँगै फर्किने योजनाका साथ जान लागेका हुन्।
गत भदौ ५ गते स्वास्थ्य परीक्षणको फलोअपका लागि पुन: सिंगापुर गएका प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिक प्रक्रियाबाट शरीरमा रहेको एन्टीबडी घाटाउने अन्तिम उपचार हुँदैछ। सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर गत साउन २७ गते फर्किएका प्रधानमन्त्री ओली १० दिनपछि फेरि त्यसतर्फ गएका हुन्।

















