नेपाल कुवेतसँग ७-० गोलले पराजित

190

काठमाडौं– फिफा विश्वकपअन्तर्गत एसियाली राष्ट्रबीचको दोस्रो चरणको छनोट खेलमा नेपालले कुवेतसँग नेपाल पराजित भएको छ ।

कुवेतको घरेलु मैदानमा बिहिबार राति भएको खेलमा नेपाल कुवेतसँग ७–० गोलले पराजित भएको हो ।

पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा पाँच गोल खाएको थियो । नेपालले सुरुवाती १३ मिनेटमै दुई गोल खाएको थियो ।

कुवेतका लागि छैटौं मिनेटमा युसुफ नासेरले सुरुवाती गोल गरे । १३औं मिनेटमा अल हाजेरीले गोल गर्दै कुवेतको अग्रता दोब्बर बनाए । हाजेरीले कर्नरबाट सोझै गोल गरेका थिए । दोस्रो हाफमा थप आक्रामक देखिएको कुवेतले ५१औं मिनेटमा तेस्रो गोल गरेको थियो । युसुफ नासेरले हेड गोल गरे ।

अब्दुल्लाह माविले ५९औं मिनेटमा चौथो गोल गरेका थिए । ६८औं मिनेटमा कप्तान बादर अल मुत्वाले पाँचौं गोल थपे । कुवेतले बाँकी दुई गोल अन्तिम इन्जुरी समयमा थपेको थियो । इन्जुरी समयमा रेडा हानी र हुसेन अल मुसावीले गोल गरेका थिए । खेलभर नेपालको पोस्ट नजिक बल खेलाएको कुवेतका अन्य प्रयासमा नेपालका गोलरक्षक किरण चेम्जोङले बचाए । किरण बाहेक नेपालका अन्य खेलाडीको प्रदर्शन निकै फितलो बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here