बैक अफ काठमाण्डुका ३ जना कर्मचारी पक्राउ

347

काठमाडौं । कमसल धितोलाई उच्च मूल्यांकन गरी कर्जा प्रवाह गरेको आरोपमा बैक अफ काठमाण्डुका तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकका पूर्वकर्मचारी सहितको संलग्नमा फर्जी कागजपत्र बनाई करिब १ करोड ५० लाख रुपैयाँ हिनामिना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

बैंक ठगी गर्ने बैकका कर्मचारी सुरेन्द्र श्रेष्ठ र भूपेन्द्र श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो । सोही प्रकरणमा बैंकका पूर्व कर्मचारी समेत पक्राउ गरी धितो मूल्यांकनकर्ता लगायत विरुद्ध समेत छानबिन थालेको ब्युरोले जनाएको छ । उनीहरुले खोलाछेउको जग्गालाई राजमार्ग छेउ जग्गा भनेर उच्च मूल्यांकन गरी कर्जा प्रवाह गरेको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here