जनताको विश्वास टुट्यो, अब बैकल्पिक शक्तिको आवश्यक छ: कमल थापा

239

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय अध्यक्ष कमल थापाले काँग्रेस र कम्युनिष्टबाट नेपाली जनातको विश्वास टुटेको जानकारी दिएका छन् । सोमबार गृह जिल्ला मकवानपुरका पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी भएका थापाले यस्तो जनाएका हुन् ।

सत्तामा रहेको कम्युनिष्टको कामको शैली र प्रतिपक्षी कांग्रेसको भूमिका र शैलीले जनताले वैकल्पिक शक्ति खोजेको उनले बताए। उनले अबको त्यो विकल्व भनेकै राप्रपा भएको दाबीसमेत दाबी गरे।

उनले आगामी पुसभित्र देशका सबै तहहरु वडा, स्थानीय तह र जिल्लामा राप्रपाको गठन, पुनर्गठन गर्ने र पार्टीलाई गति दिने जानकारी दिए। राप्रपाका प्रशिक्षकहरुलाई उनले आगामी कार्ययोजना सुनाउँदै २०७७ साल जेठ महिना भित्र महाधिवेशन गर्ने तयारी गरेको समेत जानकारी दिए ।

त्यस्तै ठूला दलको कामको शैलीले जनता आजित बने अब आगामी निर्वाचनबाट राप्रपा नयाँ शक्तिको रूपमा उदाउने उनको जिकिर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here