झापामा दुई ठाँउ बम बिस्फोट !

202

काठमाडौं / दमकस्थित गौरादह नगरपालिका कार्यालयको स्कर्पियो गाडीमा बम बिस्फोट भएको छ । गौरादह–३ धोविनियाका इन्द्रबहादुर कट्वालको घरमा पार्किङ गरेर राखिएको बा २ झ २५७० नं को गाडीमा बम बिस्फोट भइ क्षती पुर्याएको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

पार्किङ गरी राखेको गाडीमा विस्फोट भएको र गाडी पूर्णरूपले क्षति भएको र विस्फोटमा परेको गाडीकोमुनि ठूलो खाल्डो रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ।

त्यस्तै झापाकै चारपानेस्थित सहारा साकोसको निर्माणाधीन भवनमा समेत विस्फोट गराइएको छ । विस्फोटबाट भवनका सिसाहरु चर्किएका छन् । घटनाका विषयमा अनुसन्धान  प्रहरीको भनाइ छ ।  विस्फोट कसले गराएको हो भन्ने जिम्मा कसैले लिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here