प्रधानसेनापतिबाट सम्पत्ति विवरण सार्वजनिक

242

काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो व्यक्तिगत सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सेनापति थापाले आज काठमाडौंमा आयोजित कार्यक्रमका बीच आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । थापाले आफूसहित श्रीमती र छोरीहरुको नाममा रहेको रकम, जग्गा र सुन, चाँदी, शेयर लगायत सम्पत्तिको विवरण सार्वजनिक गरेका छन् ।

सेनाभित्र अनियमितता भएको आरोप लाग्ने गरेकाले त्यसलाई सुधार गर्न आफूले सम्पत्ति सार्वजनिक गरेको सेनापति थापाले जनाएका छन् । उनले अन्य सैनिक अधिकारीलाई पनि सम्पत्ति सार्वजनिक गर्न सुझाव दिए ।

 थापाले भने,‘सेनाभित्र अनियमितता छ भन्ने आरोप लाग्छ । म यसलाई सुधार गर्छु । सेनाभित्रको अनियमितता र भ्रष्टाचार छानविन हुन्छ ।’

थापाको सम्पत्ति विवरणमा उनको साथमा २४ लाख नगद र ५५ तोला सुन रहेको बुझिएको छ । यस्तै ५९० तोला चाँदी र १० लाख बराबरको हार रहेको देखिन्छ । यस्तै विभिन्न बैंकमा संकलित रकम जम्माजम्मी २४ लाख रहेको उल्लेख छ ।

यस्तै उनले काठमाडौं, लमजुङ र नवलपरासीमा जग्गा रहेको पनि विवरणमा उल्लेख छ । यसबाहेक थापाले श्रीमती र छोरीको नाममा शेयरमा ४३ लाख रहेको पनि सार्वजनिक गरे ।

नेपाली सेनाको इतिहासमा सेनापतिले यसरी सम्पत्ति सार्वजनिक गरेको यो पहिलो पटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here