दल दर्ताका लागि निर्वाचन आयोग पुगे सत्तासीन नेकपा

548

काठमाडौं / सत्तासीन पार्टी नेपाल कम्युनिष्ट पार्टि (नेकपा)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । मंसिर १४ गते तोकिएको उपनिर्वाचनमा पुन: दल दर्ता गर्नुपर्ने व्यवस्था अनुसार बिहीबार बिहान आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो।

बिहीबार बसेको नेकपा सचिवालय बैठकले दल दर्ताका लागि महासचिव विष्णु पौडेललाई जिम्मा दिएको थियो । एकीकरणपछि गठित दलले निर्वाचन आयोगले एक महिने सूचना प्रकाशित गरेको थियो।

२०७४ मा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो।

‘प्रमुख निर्वाचन आयुक्तसहित अन्य आयुक्तसँग पनि भेट्यौँ’, दल दर्ताका लागि निवेदन दिएपछि देवकोटाले अन्नपूर्णसँग भने, ‘निर्वाचनलाई स्वच्छ बनाउन निर्वाचन कानुनमा सुधार गर्नुपर्ने लगायत रणनीतिक काममा आयोग लागेको जानकारी गराउनुभयो, दलहरूको सुझाव आओस् भन्नुभयो।’

दल दर्ताका लागि नेकपा निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवाली, उपप्रमुख खिमलाल देवकोटा, सचिव बाबुराम दाहाल, कार्यालय सचिवहरू श्रीराम ढकाल र ईश्वरी रिजाल कागजात सहित आयोग पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here