पुस्तकको पूजा गरेर नेपाल पछाडी पर्याेः उद्योगमन्त्री यादव

150

काठमाडौं । उद्योगमन्त्री मात्रिका प्रसाद यादवले थाइल्याण्ड दुनियाँलाई बुझेर अगाडी बढेको तर नेपाल पुस्तकलाई पूजा गरेर पछाडि परेको बताएका छन् । उद्योग परिसंघले आयोजना गरेको पूर्वधार सम्मेलनको समापन गर्दै मन्त्री यादवले नेपाल पछाडि पर्नुको मुख्य कारण विश्व परिवेशलाई बुझेर अगाडि बढ्न नसक्नुलाई देखाएका हुन् ।

उनका अनुसार विश्वका हामी जस्तै गरिव मुलुकले उलेख्य पूर्वधारको विकास गरेका छन् । तर, हामी ती मुलुक भन्दा धेरै पछाडी परेका छौं । उनले भने–‘थाइल्याण्ड कै कुरा गर्दा उ हामीसँगै विकासको चरणमा अगाडी बढेको मुलुक हो । तर, थाईल्याण्डले दुनियाँलाई बुझेर आगाडि बढ्न सफल भयो । हामी पुस्तकलाई पुजा गरेरै पछाडी परेका छौं । यसले के देखाउँछ भने हामी काम गर्न अल्छे छौं ।’

त्यस्तै मन्त्री यादवले दुनियाँसँग सिक्न पछाडि हट्न नहुने बताए । सिकाईंले नै विकासलाई सहयोग गर्ने भन्दै उनले विश्वमा पूर्वाधार विकास कसरी अगाडि बढेको छ, नेपालले अनुसरण गर्न आवश्यक रहेको जानकारी दिए ।

त्यसैगरी सम्मेलनमा सहभागी भएका लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न पनि आग्रह गरे । विदेशीलाई लगानी मैत्री वातावरण मिलाउँन सरकार, निजी क्षेत्र र प्रतिपक्ष एक भएर अगाडि बढ्नु पर्ने धारणा मन्त्री यादवले राखे ।

समृद्धिको सपना साकार पार्नको लागि निजी लगानीको महत्वपूर्ण भूमिका रहने उनको भनाई छ । नेपालमा उत्पादन गरेका बस्तुको लागि दुई ठूला छिमेकी मुलुकहरु भारत र चीन भएकाले लगानीकर्ताले बजार खोजिरहनुु पर्ने बाध्यता नरहेको सुझाए । बुधबार र बिहीबार दुई दिनसम्म चलेको सम्मेलनमा करिव ५ सय विदेशी लागनीकर्ताको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here