त्रिभुवन विश्वविद्यालयमा पनि प्राज्ञिकको राष्ट्रव्यापी अभ्यास वर्ग सम्पन्न

227

काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद नेपालले राष्ट्रव्यापी सम्पन्न गर्दै गरेको एक दिवसीय अभ्यास वर्ग कार्यक्रम त्रिभुवन विश्वविद्यालयमा पनि सम्पन्न गरेको छ ।

५५ जिल्लामा सम्पन्न गरिसकेको प्राज्ञिक विद्यार्थी परिषद नेपालको त्रिभुवन विश्वविद्यालय इकाई समितिको एक दिवसीय अभ्यास वर्ग कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा विद्यार्थी परिषदका राष्ट्रिय अध्यक्ष प्रा.डा.रामजी गौतम ,राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल ,राष्ट्रिय सचिव एवं वाग्मती प्रदेश संगठन सचिव छितराज न्यौपाने ,केन्द्रीय विशेष आमन्त्रित सदस्य अवलेश प्रसाद गुप्ता ,केन्द्रीय सदस्य एवं त्रिभुवन विश्वविद्यालय संयोजक भिम रोकाय ,विश्वविद्यालय सह संगठन सचिव रुद्र दाहाल लगायत ६० जना विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Image may contain: 1 person, standingउक्त कार्यक्रममा राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले विद्यार्थीहरुलाइ प्रशिक्षण प्रदान गर्नुभयो प्रशिक्षण प्रदान गर्दै संगठन सचिव ढकालले असल एवं इमानदार व्यक्ति बन्न आग्रह गर्नु भयो , विश्वविद्यालयमा उदाहरणीय कार्य गर्नका लागि शुभकामना दिनुभएको थियोे ।

केन्द्रीय विशेष आमन्त्रित सदस्य अवलेश प्रसाद गुप्ताले विद्यार्थी परिषदको स्थापनाको पृष्ठभुमि बताउदै विभिन्न प्रकारका रचनात्मक गतिविधिहरु गर्नका लागि आग्रह गर्दै हरेक कार्यक्रममा सहयोगहरु गर्ने जानकारी गराउनु भयो ।

राष्ट्रिय सचिव छितराज न्यौपानेले विद्यार्थी परिषदको सामाजिक एवं राष्ट्र व्यापी कार्यका बारेमा बताउदै विद्यार्थी परिषद एक असल एवं इमानदार ,सक्षम र राष्ट्र लाई केन्द्र विन्दुमा राखेर काम गर्ने व्यक्ति निर्माण गर्ने संगठन रहेको जनाउनु भयो । सचिव न्यौपानेले दुर्गा भण्डारीको संयोजकत्वमा १५ सदस्यीय विश्वविद्यालय इकाई समिति घोषणा गर्दै बधाईका साथै आगामी कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रम पछीको कार्यकारिणी समितिको बैठक लाई सम्बोधन गर्दै विद्यार्थी परिषदका राष्ट्रिय अध्यक्ष प्रा।डा।रामजी गौतमले आफू अनुशासित भएर विश्वविद्यालयको शैक्षिक वातावरण गर्नका लागि सोही अनुसारका कार्यक्रमको योजना तर्जुमा गर्न आग्रह गर्दै नव गठित विश्वविद्यालय कार्यकारिणी समितिलाई बधाईका साथै आगामी कार्यकालको शुभकामना प्रदान गर्नु भयो ।

Image may contain: 4 people, people sitting

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here