चाडपर्वमा विशेष सुरक्षा योजना लागू गर्ने तयारी

225
-अभिनब गुप्ता/सागर
 नेपालगञ्ज / जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित ट्राफिकले चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको जिल्ला ट्राफिक प्रहरी बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पविन्द्र बम जनाउँछन् ।
चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि सुरक्षा योजना लागू गरिने उनले जानकारी दिए । भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोशाक समेत प्रहरी परिचालन गरी निगरानी गरिने छ । ‘बाँके र महेन्द्र तथा रत्न राजमार्गमा मापसे चेकिङमा कडाइ गरिने छ’ उनले भने, ‘प्रत्येक एरियामा दैनिक चार पटक मापसे चेकिङ हुन्छ ।’
नेपालगन्ज कोहलपुर र खजुरा क्षेत्रबाट बाहिरिने नाका तथा अन्य स्थानहरुमा सम्पूर्ण सवारी साधनहरुको मापसेसहितको सम्पूर्ण चेकजाँच हुने प्रहरी निरीक्षक बम जनाउँछन् । मापसे चेकिङको लागि केन्द्रबाट समेत निर्देशन आइसकेको छ उनले भने ‘शहरमा मात्र सीमित नभएर नाका र गाउँमा समेत मापसे चेकिङ हुन्छ ।’
ट्राफिक सुरक्षा योजनामा लामो दुरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भएरनभएको प्रविधिबाट हेरिने उल्लेख छ । दुई जना चालक भएरनभएको ट्राफिक प्रहरीको एप्सबाट हेरिने छ । सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दररेट टाँस गर्ने र अनिवार्य गराउने उनकोे दावी छ । मोटरसाइकल चालकले हेल्मेट नगर्ने, तीब्र गतीमा सवारी चलाउने, ओभरलोट, सवारीअन्य भाग तथा छतमा यात्रु मालसामान राख्ने जिकज्याक सवारी चलाउनेलाई कडाईको साथ कारबाही गरिने भएको छ ।
नाका, व्यापारिक क्षेत्रहरु भीडभाड तथा बसपार्क एरियामा थप जनशक्ति परिचालन गरिने छ । बमका अनुसार सबै स्थानमा नियमित ड्युटीका लागि दशै अवधीभर ६५ जना ट्राफिक प्रहरी र केही जनपथ प्रहरी खटिने छन् । चाडपर्वको समयमा आबश्यकताअनुसार अतिरिक्त थप प्रहरी खटाउन सकिने र यसका लागि प्रहरी जनशक्ति तयारी अवस्थामा रहने बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली जनाउँछन् । ६ स्थानमा यात्रु सहायता कक्ष प्रहरी निरीक्षक बमका अनुसार बाँकेमा ६ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ ।
नेपाल भारत सीमा क्षेत्र जमुनाह, नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा स्थायी यात्रु सहायता केन्द्र हुनेछन् । चप्परगौडी, पुस्पलालचौक र कोहलपुर चौराहमा अस्थायी यात्रु सहायता कक्ष सञ्चालन गरिने प्रहरी निरीक्षक बमले जनाए ।
ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवासयी, उपभोक्ता समूहका प्रतिनिधिहरु ट्राफिक भोलियन्टरको रूपमा नेपालगन्ज, कोहलपुर लगायतका क्षेत्रमा खटिने समेत उनी जनाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here