काठमाडौं / गत आइतबार साँझ यौन दुब्र्यवहार गरेको भनी संसद सचिवालयकी एक महिला कर्मचारीले आरोपित गरेपछि नैतिक समस्यामा परेका सभामुख कृष्ण बहादुर महराले आफूमाथि लागेको आरोप झूठ भएको भनी खण्डन गरेका छन् ।
महराले आरोपबारे अनुसन्धान गर्न सजिलो होस् भनी सभामुख पदबाट राजिनामा दिने निर्णय गरेका छन् । राजिनामा बुझाउन उनी अहिले भर्खरै प्राप्त समाचार अनुसार राष्ट्रपति निवासमा पुगेका छन् ।

















