पचास तालिबान लडाकूको ज्यान गयो

210

एजेन्सी / आफगानिस्तानको उत्तरी प्रान्त तखारको बहाराक जिल्लामा तालिबान लडाकू समूह आखाडाहरुलक्षित हवाई र भूमिमा गरिएको कारबाहीमा परी ५० भन्दा बढी लडाकूको  ज्यान गएको छ ।

गत दिनयता जारी यस कारबाहीमा तीन दर्जन भन्दा बढी लडाकू घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले शनिबार जनाएका  छन् । ‘बहाराक जिल्लालाई सशस्त्र विद्रोहबाट मुक्त गरिएको छ र तालिबान विद्रोहीबाट हाल प्रान्तीय राजधानी तालुृकान शहरलाई कुनै खतरा छैन’ हजारीले सिन्ह्वा समाचार समितिलाई जनाएका  छन् ।

तालिबान आतङ्ककारीहरूले १० दिन अगाडि एउटा आश्चर्यजनक रुपमा बहाराक जिल्लाका प्रमुख भागहरू कब्जा गर्नुलगायत तखारको प्रान्तीय राजधानी तालुकान शहरलाई कब्जा गर्न खोजिरहेका थिए ।यद्यपि सरकारी सेनाले गएको तीन दिनमा गरेको कारबाहीको क्रममा ५० सशस्त्र लडाकू मारिनुको साथै ३७ भन्दा बढी घाइते भएका हजारीले जनाएका छन् ।

जारी यस काराबाहीको कारण छिमेकीमा पर्ने खवाजा घर जिल्लामा रहेका तालिबान लडाकू भाग्न बाध्य भएका हजारीले जनाए ।

यस आतङ्कवाद विरोधी अभियानको क्रममा तीन सुरक्षाकर्मी मारिनुको साथै अन्य छ घाइते भएका हजारीले जनाए । सरकारी सुरक्षा बलले अब छिटै खवाजा घर जिल्लामा आतङ्ककारीविरुद्ध अभियान सुरु गर्ने हजारीले जनाएका  छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here