दक्षिण कोरियाले तीन बर्षभित्र एक लाख सेना घटाउने

188

एजेन्सी / दक्षिण कोरियाले आगामी तीन बर्षभित्रमा सेनाको संख्या तीन लाख घटाउने जनाएको छ । देशको जनसङ्ख्या अत्यधिक घटेकाले सेनाको संख्या पनि घटाउन लागिएको त्यहाँका सेना प्रमुखले जनाएका छन् ।

उनले सन् २०२२ सम्ममा सेनाको सङ्ख्या घटाउने जनाए । दक्षिण कोरियामा हाल ४ लाख ६४ हजार सेना छन् । दक्षिण कोरियाको समाचार संस्था होन्याप लेखेको समाचार अनुसार सन् २०२५ सम्ममा सेनाको ३८ डिभिजनबाट ३३ डिभिजन बनाइने छ ।

सबैगरी दक्षिण कोरियाका सुरक्षाकर्मीहरूको सङ्ख्या झण्डै छ लाख रहेको र यो सङ्ख्या उत्तर कोरियाकोभन्दा निकै कम रहेको दक्षिण कोरियाको सन् २०१८ को स्वेतपत्रमा उल्लेख गरिएको थियो ।  विश्लेषकहरुले उत्तर कोरियासँग २० देखि ६० आणविक हतियारहरु रहेको पनि अनुमान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here