अवैध लागूऔषध सहित पक्राउ 

72

काठमाडौं / बुद्धशान्ति गाउँपालिका-४ सुनमाईबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित सोही ठाउँ बस्ने २२ वर्षीय सुरेन तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यलय बुधबारेबाट खटिएको प्रहरीले मे. १ च ६६८५ नम्बरको टाटासुमो जीप जाँच गर्ने क्रममा डिक्कीमा लुकाई छिपाई राखेको अवस्था उक्त परिमाणको लागूऔषध गाँजा फेला पारी जीपमा सवार तामाङलाई पक्राउ गरेको हो ।
पर्वत, जलजला गाउँपालिका-३ बस्ने २१ वर्षीय सुवास जिसीलाई अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध सेवन गरी उनले आफ्नै बुवालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत रप्रहरी चौकी वारीवेनीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here