प्रहरी महानिरीक्षक खनाल इन्टरपोलको ८८औं महासभामा सहभागी हुन चिली प्रस्थान

15

काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चिलीको सान्टियागोमा २०७६ असोज २८ देखि कात्तिक १ गतेसम्म संचालन हुने इन्टरपोलको ८८औं महासभामा सहभागी हुन आइतबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

NCB नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक खनालसँग उक्त महासभामा सहभागी हुन प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही र प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशी समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

प्रहरी महानिरीक्षक खनालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गर्नुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here