विश्वकप २०२२ छनौटमा आज नेपाल-जोर्डनविरुद्ध भिड्दै

112

काठमाडौं / कतार विश्वकप फुटबल २०२२ को एसियाली छनोटको अन्तरगत दोस्रो चरणको प्रतियोगिता नेपालले आज राती मंगलबार राती जोर्डनसँग सामना गर्ने भएको छ ।

तीन खेलबाट केवल तीन अंक बटुलेको छ भने बलियो टोली जोर्डनविरुद्ध कम गोल खाने र गोल फर्काउने रणनीतिमा हुने छ। यसअघि सन् २०१४ को विश्वकप छनोटमा नेपाल जोर्डनको मैदानमा ९-० गोलले हारेको थियो । तर घरेलु मैदानमा भने जोर्डनलाई १-१ गोलको बराबरी खेलेको थियो ।

जारी छनोटमा नेपाल पहिलो खेलमा कुवेतसँग ७-० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० गोलले हराएको थियो। एक साता अघि भएको खेलमा अस्ट्रेलियासँग ५-० गोलले पराजित भएको थियो।

विश्व वरियतामा नेपाल एक सय ६१ र जोर्डन ९८ औँ स्थानमा छ। जारी छनोटमा जोर्डनले दुई खेलमा एक जित र एक बराबरीको नतिजा निकालेको छ। चाइनिज ताइपेईलाई २-१ गोलले हराएको थियो भने कुवेतसँग गोलरहित बराबरी खेलेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here