काठमाडौं / भक्तपुर, जगातीस्थित प्रहरी चेकपोष्टमा बा ४ ख ७९८१ नम्बरको हाईस गाडी चेकजाँच गर्ने क्रममा बेवारिशे अवस्थामा रहेको झिरझिरे ७ प्याकेट, भुईचम्पा ३ प्याकेट र लावर पोष्ट डिलक्स ५ प्याकेट पटाका फेला पारी बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
सिराहा, सिरहा नगरपालिका-१६ स्थितबाट करिब ५० हजार मूल्य बराबरको विभिन्न पटाका बुधबार राति प्रहरीले बरामद गरेको छ । बिआर ३२ के ६४२६ नम्बरको मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी फरार भएपश्चात प्रहरीले मोटरसाइकल जाँच गर्दा उक्त मूल्य बराबरको पटाका फेला पारेको हो ।
सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-१ बेल्हीबाट करिब १५ हजार मूल्य बराबरका झिरझिरे ४ सय ५० प्याकेट, रकेट १० प्याकेट र आलु बम २ प्याकेट पटाका बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त पटाका छाडी फरार भएपश्चात प्रहरीले बरामद गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















