प्रहरीकै सेटिङमा त्रिभुवन विमानस्थलमा यस्तो गतिविधि

382

काठमाडौं / कहिले सुन काण्ड त कहिले सेटिङ गरेर बिदेश पठाउनेदेखि लगेज हराउने जस्ता अनेक कुराले चर्चामा आईरहने अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलमा प्रहरीकै मिलेमतोमा प्रतिबन्धित बस्तु देश बाहिर पठाउने गरिएको छ ।

सरकारले पछिल्लो समय यात्रुको सामान जाँचमा निकै कडाइ गर्दै आएको खबर बाहिर आएपनि विमानस्थलमा भित्रभित्रै प्रहरीकै मिलोमतोमा प्रतिबन्धित सामान बहिर पठाउने गरिएको छ ।

बिशेष सुत्रका अनुसार शुक्रबार बिहान ९ बजे गेट नम्बर ‘ए’ बाट बिदेश जान लागेका एक यात्रुको लगेजमा एक्सरे मेसिनमा चेक जाँच पश्चात प्रतिबन्धित सुर्तीजन्य पदार्थ र मासु (सुकुटी) भेटिएको थियो ।

प्रतिबन्धित बस्तु बरामद भएपछि नियन्त्रणमा नलिएर प्रहरीले नै सो प्रतिबन्धित सामान बहिर लैजान दिएको थियो । प्रहरी जवान गणेश आलेले यात्रुलाइ लगेज सहित जान अनुमति दिएको र सोहि समयमा एक्सरे मेसिन निरिक्षणमा रहेका प्रहरी सहायक निरिक्षक कल्पना तामाङले समेत सबै कुराको जानकारी हुँदा पनि केही नबोलेको स्रोतले जनाएको छ ।

यसरी सेटिङ गरी उक्त बस्तु सजिलै लान थालिए पछि अर्को एक प्रहरी कर्मचारीले भने प्रहरी नायब निरिक्षक महेन्द्र प्रसाद दहितलाई जानकारी गराए पश्चात् पुनः लगेज चेक जाँच गरी सो समान नियन्त्रणमा लिइएको थियो ।

सोहि समयमा बिदेश जान लागेका एक यात्रुले उक्त घटनाको पुरा विवरण कैद गरेको भिडियो हामी सँग सुरक्षित छ । आम जनताले आफ्नो अति आवश्क चिज समेत विमानस्थलबाट ल्याउने र लाने गर्दा निकै दुःख पाउने गरेको समाचार बेला बेला बाहिरिने गरेको छ भने सेटिङ मिलाइ पैसाको चलखेलबाट प्रतिबन्धित सामान समेत सजिलै लाने ल्याउने गर्न पाउनुले विमानस्थलको प्रशासनमाथि नै प्रश्नचिन्ह खडा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here