जनकपुरधाम / जनकपुरमा गोली प्रहार गरी एक जनाको हत्या भएको छ । जनकपुर मुजेलिया स्थित विद्युत प्राधिकरण नजिकै गोली लागेका ४० वर्षिय मनोज शाहको मृत्यु भएको छ ।
स्थानीय पंकज शाहले गोली हानी मनोज शाहको हत्या गरेका हुन् । उनीहरूको पहिलेदेखि नै लेनदेन हुने गरेको जनाइएको छ । पैसा माग्न जाँदा उनको पंकज शाहले गोली हानी हत्या गरेका हुन् ।
मृतक शाहको शब परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पक्राउ परेका पंकजको साथबाट प्रहरीले कटुवा पेस्तोल तथा गोली बरामद गरेको छ । दुबैजना निर्माण व्यवसायी रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जनाए ।


















