नेपालभाषा निक्वःगु मचा सिरपाः (दाेस्राे बालपुरस्कार) ११३९ सम्पन्न 

462

काठमाडौं / बालबालिकाको व्यक्तित्व विकासका साथै मातृभाषा संरक्षण, प्रर्वद्धन गर्ने उद्देश्यले  नेवाः बस्ती नेवाः स्कुल अभियानको आयोजनामा निक्वःगु नेपालभाषा मचा सिरपाः ११३९”  कार्तिक २ गते हिमालय होटलमा भव्य रुपमा सम्पन्न भयो ।

मोर्डन नेवाः स्कूलका डाइरेक्टरका साथै नेवाः बस्ती नेवाः अभियानका संयोजक दिपक तुलाधरको अध्यक्ष्तामा शुरु भएको  कार्यव्रmममा  प्रमुख अतिथिका रुपमा  किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन पाल्नु भएको थियो ।

प्रमुख अतिथि मेयर महर्जनले ‘जबसम्म हामीले हाम्रो भाषा, संस्कृति, रहन सहन व्यवहारमा प्रयोगमा ल्याएको खण्डमा मात्रै आफ्नोपना भन्नुभयो’   खाली मञ्चमा नेवारभाषाको बखान गर्दैमा नेपालभाषाको विकास नहुने धारणा राखे ।

गत आश्विन ११ गते अडिसन भएको कार्यक्रममा  विभिन्न प्रश्नको उत्तर लेखेर दिएको उत्तरका आधारमा नर्सरीदेखि कक्षा पाँच सम्मका ८३ विद्यार्थीहरु मध्ये २० जना बालबालिकाहरु उत्कृष्टको आधारमा छनौट गरेको थियो ।

जस मध्ये सुनागुथि नेवाः इंग्लिस स्कूलका पुनिक महर्जन, मोर्डन नेवाः स्कूलका शिभांषी बोहरा, एप्पल सीड स्कूलका निरेश महर्जन, बज्रवाराही स्कूलका रुख्साना महर्जन, मोर्डन नेवाः स्कूलका समन सागर तुलाधर, भासरा स्कूलका नियुक्ता शाक्य, हलिं नेवाः स्कूलका प्रणव नकःमि, थेच्वः नेवाः इंग्लिस स्कूलका जेस्ना देशार, अनन्त सेकेण्डरी स्कूलका सुयोग नेम्कुलका, न्यू जेनिथका लसना तण्डुकार, जगत सुन्दर ब्वनेकुथिका सम्यक रत्न शाक्य, न्यू जेनिथ स्कूलका इन्दिसा सिख्राकार, श्री महांकाल स्कूलका सन्जिप कपाली, प्रभात सेकेण्डरी स्कूलका सलिना दुवालका हिमालयन सेकेण्डरी स्कूलका रोजिना के.सी, श्री महांकाल स्कूलका अञ्जली रौनीयार, अन्नपूर्ण सेकेण्डरी स्कूलका कञ्चन प्रजापति, थेच्वः नेवाः स्कूलका रगिषा मर्हजन, कन्या मा.विका मिलिना तुलाधर र  कन्या मन्दिरका रिपु गुप्ता लगायतका विद्यार्थीहरुलाई  प्रमाणपत्रका साथै नगद पुरस्कार वितरण गर्नु भयो ।

कार्यक्रममा जज प्यानलका सदस्य पवित्र कसांकारले  छनौट कार्य त्यति सजिलो छैन  । प्रश्नको उत्तर लेख्ने र पढ्ने मात्रै आधार नभएको जनाउनु भयो । उनले भने बालबालिकामा प्रश्नको उत्तर  बाहेक  कुराकानी गर्न सहज पना नआएको प्रस्ट्याउनु भयो ।

कार्यव्रmममा प्रमुख अतिथि र संयोजकद्धारा जज प्यानलका सदस्यहरु पवित्र कसाः, जियम श्रेष्ठ, उदेन न्हूसाय्मि, रेखा शाक्य, विराजकाजी राजोपाध्याय, राकेश महर्जन तथा  रविन श्रेष्ठलाई  खाँदा ओढाउनुका साथै  मायाको चिनो  प्रदान गर्नु भयो ।  साथै  कार्यक्रममा  सहभागिता जनाएका  विद्यालयका  प्रिन्सिपल लगायत  संयोजक तुलाधरलाई ग्लोबल नेपाः नेटवर्क जापानया आर्थिक कजि सुनिल शाक्यलाई समेत  मायाको चिनो प्रदान गर्नु भयो ।

अन्त्यमा कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने  महानुभावहरूलाई नेवाः बस्ती नेवाः स्कुल अभियानका संयोजक दिपक तुलाधरले धन्यबाद दिई कार्यक्रम समापन गर्नु भयो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here