इंग्लिस प्रिमियरमा लेस्टर सिटीले साउथहृयाम्पटनलाई ९ गोलले हरायाे

83

एजेन्सी / इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले साउथहृयाम्पटनमाथि गोलको वर्षा गरेको छ । शुक्रबार राति भएको खेलमा लेस्टरले १० खेलाडीमा सिमित साउथहृयाम्पटनमाथि ९-० को फराकिलो जित हात पारेको हो । यससँगै उसले प्रिमियर लिगकै सबैभन्दा ठूलो जितको २४ वर्ष पुरानो रेकर्डसँग बराबरी खेलेका छन् ।  साउथहृयाम्पनको घरेलु मैदानमा भएको खेलमा लेस्टरका अयोजे पेरेज र जेमी भर्डीले हृयाट्रिक गरे ।

लेस्टरले अग्रता भने दशौं मिनेटमा चिलवेलको गोलबाट अग्रता लिएको थियो । दुई मिनेटपछि नै रायन बटर््रान्डले रातो पार्ड पाए र घरेलु टोली १० खेलाडीमा सिमित भयो । त्यसको फाइदा लेस्टरले उठायो । खेलको १७ औं मिनेटमा यारी टिलम्यान्सले गोल गरे । परेजले १९ र ३९ औं मिनेटमा गोल गरे । भर्डीले ४५ औं मिनेटमा गोलको खाता खोले । दोस्रो हाफमा पनि लेस्टर हावी भयो । ५७ औं मिनेटमा पेरेजले हृयाट्रिक पुरा गरे । एक मिनेटपछि नै भर्डीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ७-० को अग्रता दिलाए ।

खेलको ८५ औं मिनेटमा जेम्स म्याडिसनले गोल गरे भने इन्जुरी टाइममा भर्डीले हृयाट्रिक पुरा गरे । ९-०को जितसँगै लेसटरले इंग्लिस शीर्ष लिगको १३१ वर्षको इतिहासमा सबैभन्दा ठूलो अवे जित निकाल्ने टिम बनेको छ । साथै साउथहृयाम्पटनको अहिलेसम्मकै ठुलो हार हाे । प्रिमियर लिगमा २००३ मे पछि एकै खेलमा दुई खेलाडीले हृयाट्रिक गरेको पनि पहिलो पटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here