काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परिवारमा भाइरल ज्वरोको संक्रमण भएको छ । रुघा र ज्वरोकै कारण आइतबार प्रचण्डपत्नी सीता दाहाललाई ललितपुरस्थित सुमेरु अस्पताल भर्ना गरिएको थियो ।
अचानक स्वास्थ्यमा थप समस्या देखिएपछि मंगलबार बिहान उनलाई आइसियूमा सारिएको छ । त्यस्तै प्रचण्डकी बुहारी तथा खानेपानी तथा सरसफाई मन्त्री समेत रहेकी बिना मगर पनि मंगलबार बिहान सुमेरु अस्पतालमै भर्ना भएकी छिन्। उनी ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी हुन। उनलाई सामान्य ज्वोरो आएपछि सोमबार बेलुका हस्पिटल लगिएको उनका स्वकीय सचिव प्रकाश मगरले जानकारी दिएका छन्। प्रचण्ड सचिवालयले जनाए अनुसार बिनालाई पनि भाइरल ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो ।
मौसमी भाइरलकै कारण प्रचण्ड र उनका कान्छा नाति प्रणव दाहाललाई पनि सामान्य ज्वरो आएको सचिवालय स्रोतले जनाएको छ ।


















