आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

86

काठमाडौं / पर्सा, वीरगंज महानगरपालिका-१६ नगवास्थित रबिन्द्र जयसवालको प्लास्टिक गोदाममा करेन्ट सर्ट भई शनिबार राति आगलागी हुँदा गोदाम पूर्णरूपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसका साथै  सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-७ स्थित सुनकोशी जलविद्युतको पावरहाउसको ट्रान्सफर्मरमा आइतबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here