काठमाडौं / चितवन जिल्ला फुटबल संघको सह आयोजना तथा विकास शिल्ड समितिको सहयोगमा संचालन भएको “टुबोर्ग जेसीज विकास रनिङ शिल्ड-राष्ट्रिय फुटबल प्रतियोगिता २०७६” मा नेपाल प्रहरीको पुरुष फुटबल टिम प्रथम भएको छ ।
२०७६ असोज २८ देखि कात्तिक ९ गतेसम्म उक्त प्रतियोगिता संचालन भएको थियो । प्रतियोगितामा व्यक्तिगत विधातर्फ प्रहरी जवान शत्रुघन कुमार चौधरी वेष्ट गोलकिपर र प्रहरी कार्यालय सहयोगी रवि शंकर पासवान सर्वोत्कृष्ट खेलाडी हुन सफल भएको नेपाल प्रहरी खेलकुद समिति काठमाडौंले जनाएको छ ।


















