महेन्द्रनगरबाट बाजुराका लागि छुटेको यात्रुवाहक बस दुर्घटना, १ को मृत्यु, ३० घाइते

92

डोटी– डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराका लागि हिँडेको ना ७ ख ६१८१ नम्बरको बस शनिवार बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार, दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन ।

घटनामा करिब ३० जना घाइते भएको अनुमान प्रहरीले गरेको छ । घाइतेहरुको उद्दार गर्ने क्रम जारी रहेको छ।

४० जना यात्रु सवार उक्त बस सडकबाट करिब ४० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here