आगामी नोभेम्बरमा उत्तर कोरिया र अमेरिकाबीच वार्ता हुने

133

एजेन्सी / उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाले फेरि नोभेम्बरको मध्यतिर कार्यस्तरमा वार्ता गर्ने दक्षिणा कोरियाली संसदले सोमबार जनाएको छ ।  यसअघि जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले पारमाणविक निशस्त्रीकरणको वार्ता अघि बढाउने जनाएपछि अक्टोबरमा  उत्तर कोरियाली र अमेरिकी अधिकारीहरुले स्वीडेनको स्टकहोममा भेट गरेका थिए ।

भियतनाको हनोइमा भएको अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीचको वार्ता बिना निष्कर्ष टुंगिएपछि अर्को चरणको वार्ताका लागि दुबै मुलुकमा अधिकारीहरुले स्वीडेनमा भेट गरेका थिए । तर, स्वीडेनमा भएको वार्ता पनि अमेरिकाले बिना योजना वार्ताका लागि आएको र लचकता नदेखाएको भन्दै वार्ता भंग भएको थियो ।

दुबै मुलुकका अधिकारीहरुले यही वर्षमा फेरि भेट्ने अपेक्षा गरिएको छ । दक्षिण कोरियाली सांसद ली इयुन-जाइले उत्तर कोरियाली नेता किमले दिएको डेडलाइन डिसेम्बर अगावै दुबै मुलुकका अधिकारीहरुले भेट गर्नेछन् ।  यस विषयमा भने दक्षिण कोरयास्थित अमेरिकी दूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here