काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।
निगमले आगामी १५ दिनको लागि मूल्य घटाएको हो । निगमले जेठ २ गतेबाट लागू हुनेगरी साविकको मूल्यमा प्रति लिटर पेट्रलमा रु १, डिजेल र मट्टितेलमा रु ३ रुपैयाँ घटाएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य काठमाडौं, दिपायल र पोखरामा १ सय ५४ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा १ सय ५६ रुपैयाँ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १ सय ५७ रुपैयाँ पर्नेछ ।
त्यस्तै डिजेलको मूल्य काठमाडौं, दिपायल र पोखरामा १ सय ३९ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा १ सय ४१ रुपैयाँ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १ सय ४२ रुपैयाँ पर्नेछ ।


















