सांसद शान्ता चौधरी चढ्ने गाडी दुर्घटना

245

दाङ– प्रतिनिधीसभाकी सांसद शान्ता चौधरी चढ्ने गरेको सरकारी गाडी दाङमा दुर्घटना भएको छ ।

गएराती ११ बजे सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अबस्थामा बा २ झ २८७१ नम्वरको स्कारपियो गाडी लमही–६ स्थित कुलमोड भन्ने स्थानमा दुर्घटना भएको हो । गाडी सडकदेखि करिव १ सय मिटर तल खसेको छ ।

चालक रतन चौधरी सकुशल छन् । उनले सडकमा एक्कासी जरायो आएको र त्यसलाई जोगाउन खोज्दा गाडी अनियन्त्रित भएर खोलामा खसेको जनाएका छन् ।

गाडी चालक चौधरीलाई लमही प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here