थाइल्यान्डमा सुरक्षा चेकपोइन्ट आक्रमणमा १५ को मृत्यु

211

एजेन्सी / दक्षिणी थाइल्यान्डस्थित सुरक्षा चेकपोइन्टमा भएको आक्रमणमा परी कम्तिमा पनि १५ जनाको ज्यान गएको छ । सैनिक प्रवक्ता जनाए अनुसार ज्यान गुमाउनेहरुमा प्रहरी अधिकारी र केही ग्रामिण सुरक्षा स्वयंसेवक रहेका छन् ।

हिजाे मंगलबार भएको उक्त आक्रमण यस वर्षकै सबभन्दा दुखद घटना भएको जनाइएकाे छ ।  यसअघिको पृथकतावादी अभियानका क्रममा भने हजारौंले ज्यान गुमाएका थिए ।

आक्रमणकारीहरुले यल प्रान्तमा विस्फोटक पदार्थको समेत प्रयोग गरेको र उद्धारकर्मीलाई ढिलो होस् भन्नका लागि सडकसमेत अवरुद्ध गरेका थिए ।

 सैनिक प्रवक्ता कर्णेल प्रामोट प्रोमले बुधबार भने, ‘१२ जनाको घटनास्थलमै ज्यान गएको थियो भने दुईजनाको मंगलबार अस्पतालमा र एकजनाको बुधबार बिहान  ज्यान गएको थियो । आक्रमणमा परी अन्य पाँच जना घाइते भएका छन् ।’

उनले समाचार संस्था एएफपीलाई बताएअनुसार आक्रमणकारीहरले उक्त सुरक्षा चेकपोइन्टबाट एम-१६ राइफल र केही सटगनहरु समेत लगेका छन् ।  उक्त घटनाको कसैले पनि अहिलेसम्म जिम्मा लिएका छैनन् ।

प्रधानमन्त्री प्रायुत चान-ओ-चाले उक्त आक्रमणमा संलग्नलाई कानुनी कठघरामा ल्याइने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here