‘विराटको लुगा लगाउदा उनी खुशी हुन्छिन् अनुष्का

273

एजेन्सी / बलिउड अभिनेत्री अनुष्का शर्मा शाहरुख खानको ‘जिरो’पछि कुनै फिल्ममा देखिएकी छैनन् । उनी फिल्ममा नदेखिए पनि पर्सनल कुरालाई लिएर चर्चामा रहन्छिन् ।

उनले विराटको बारेमा बोल्दै भनिन्, ‘म प्राय दराजबाट विराटको कपडा लिन्छु । धेरैजसो उनको शर्ट र सामान, कहिलेकाँही उनको ज्याकेट पनि लिन्छु । मैले उनको लुगा लगाएको मन पराउने भएर पनि यस्तो गर्छु । विराटनै मैले उनको लुगा लगाओस् भन्ने चाहन्छन् । विराटलाई मैले विवाहमा लगाएको पिंक लेहंगा मन परेको थिएन । विराटलाई ट्रेन्ड फलो गरेको पनि मन पर्दैन ।’

अनुष्का र विराट अहिले भुटानमा घुमघाम व्यस्त छन् । यहिँ ५ नोभेम्बरमा विराट ३१ वर्ष पुगेका छन् । विराटको जन्मदिनलाई विशेष बनाउन अनुष्का भुटान पुगेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here